मलेसियामा नेपालीले नेपालीलाई तेस्रो तलाबाट खसालेर हत्या

मलेसियाको दुई नेपाली बिच भनाभन र झडप हुदा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा दुइ नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय खुलाइएको भने छैन । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे ।

शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।उनको टाउकोमा चोट लागेको थियो । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...