यस्तो रहेछ त्रिसुली बस दुर्घटना हुनु को कारण

काठमाण्डुबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाण्डुतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जनाए । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताए ।

बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाण्डुतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ

ONLINEKHABAR प्रयोग गर्नु हुन्छ भने होसियार , उक्त पेज ब्लैकलिस्टमा छ

काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी हो : केपी ओली

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजे ः देउवा

 

 

कमेन्टहरु
Loading...