भाटभटेनीबाट हाम फालेर एक विद्यार्थीले गरे आत्माहत्या , येस्तो छ कारण

काठमाडौैं, ५ मंसिर ।

शंकरदेव क्याम्पसका एक बिद्यार्थीले भाटभटेनी सुपरमार्केटबाट हाम फालेर आत्महत्या गरेका छन् ।

सोमबार बेलुका  चुच्चेपाटी स्थित भाटभटेनी सुपरमार्केटको ७ तला माथिबाट हाम फालेर ओखलढुंगा बेतेनी सल्लेरी–१० घर भई काठमाडौं चावहिल बस्ने २० बर्षीय युवराज चौलागाईले आत्महत्या गरेका हुन् । चौलागाई बिबिएस तेस्रो वर्षका बिद्यार्थी हुन् ।

हाम फालेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । ‘अहिलेसम्म आत्महत्या नै हो भन्ने छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्यतु पुडासैनी भन्छन्,‘सिसिटिभीमा उनी एक्लै गएको देखिन्छ, त्यो स्थानबाट त्यतीकै खस्ने सम्भावना देखिदैन ।’

कमेन्टहरु
Loading...