खोटाङ, ९ मंसिर
नेपाली कांग्रेस खोटाङको प्रदेशसभाका उम्मेदवार सुवास पोखरेलले मौन अवधीमा मतदाताहरुलाई रात्रीभोज गराई पैसा बाँडेको तस्बिर खिचेको भन्दै पत्रकारमाथि आक्रमण गरेका छन् ।
रुपाकोट मझुवागढी नगरपालिका– १ को आचार्यगाउँमा कांग्रेस उम्मेदवार पोखरेलले मतदातालाई शुक्रवार राती भोज गराउने कार्यक्रम आयोजना गरेका थिए ।
रात्रीभोज र पैसा बाँड्ने कार्यक्रम थाहा पाएर गएको पत्रकारहरुको टोलीमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।
रात्रीभोज र पैसा वितरणको समाचार संकलन गर्न पुगेका जनबोली न्यूज डटकमका सम्पादक सइन्द्र राई, इन्द्र आचार्य र हलेसी साप्ताहिकका प्रधान सम्पादक हरिबोल आचार्यमाथि कांग्रेस कार्यकर्ताले सङ्घातिक आक्रमण गरेका हुन् ।