नेविसंघले सुरु गर्‍यो चन्दा आतंकको छानविन

७ साउन, काठमाण्डौ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संगठनभित्र वढ्दो आर्थिक अनियमितता एवम् चन्दा आतंकवारे आन्तरिक छानविन प्रक्रिया अगाडि बढाएको छ । साथै संगठनको विधानविपरीत आर्थिक अनियमितता लगायतका विषयमा मुछिएकाहरुलाई निलम्बन गरेको छ ।
Nebesang-ko-flag
नेविसंघले आर्थिक संकलनमा अध्यक्षको नाम जोडी संघको लेटरप्याडमा रकम तोकी चन्दा संकलन कार्यमा संलग्न मिलन खड्कालाई संघको विधानअनुसार साधारण सदस्य समेत नरहने गरी ६ महिना निलम्बन गरेको छ ।
गत जेठमा तोकिएको स्ववियु निर्वाचनका लागि भन्दै संगठनको सिद्धान्तविपरित संगठनको लेटरप्याडमा दुर्पयोग गरी चन्दा आतंक मच्चाउनेहरुमाथि थप छानविन भइरहेको नेविसंघले जनाएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी अध्यक्ष रञ्जित कर्णले आफ्नो नामा जोडेर चन्ता आतंक मच्याउनेहरुमाथि कारबाही गरिने बताउनुभयो । उहाँले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ०७० का सन्र्दभमा संस्थागत रुपमा केही संघ संस्थाहरुमा स्वेच्छिक चन्दाका लागि आग्रह गरिएको स्वीकार गर्नुभयो । उहाँले केही व्यक्तिले संगठनको लेटरप्याड र किर्ते हस्ताक्षर प्रयोग गरी संगठनलाई नियोजितरुपमा बदनाम गराउने गलत उद्देश्यले उत्प्रेरित भई आर्थिक संकलनमा आफ्नो नाम जोडी संगठनको बदनाम गराउनेहरुमाथि यर्थाथ छानविन भइरहेको बताउनुभयो ।
नेविसंघले संगठनका नाममा कुनै व्यक्ति विषेशले जबरजस्ती रुपमा रकम मागिएको भए वा रकम लिइएको भए सोको जानकारी केन्द्रीय कार्यालय वा अध्यक्षसमक्ष प्रत्यक्ष जानकारी दिनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ । संघका सदस्यहरुले वा संघसँग आवद्ध साथीहरुले यदि कहीँ कतैबाट संगठनका नाममा पैसा उठाएको भए ५ दिनभित्र उक्त रकमको विवरण ने.वि.संघ केन्द्रीय कार्यालयमा पेश गर्नका लागि निर्देशन समेत दिइएको छ । पैसा उठाएको प्रमाणित भए चन्दा संकलनमा संलग्न व्यक्तिलाई संघको साधारण सदस्य सहित नरहने गरि ६ महिनाको लागि निलम्बन गरिने नेविसंघले जनाएको छ । नेविसंघले निर्वतमान के.स. श्री सुमन खड्कालाई ५ दिनभित्र गलत आर्थिक कार्यको स्पस्टीकरण दिनका लागि निर्देशन समेत दिएको छ ।
यस्तै केन्द्रीय सदस्य बलदेव तिमिल्सेनाले स्ववियु निर्वाचन ०७० को क्रममा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई बदनाम गराउने उद्देश्यले निर्वाचको सन्र्दभमा भर्ना र प्रचार-प्रसार सामाग्रीमा ७५ लाख खर्च भयो भन्ने गलत समचार सञ्चार माध्यममा समप्रेषण गरको भन्दै ने.वि.संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । तिमिल्सेनालाई अबको ५ दिनभित्र ने.वि.संघ केन्द्रीय कार्यालयमा स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयमा संगठनलाई क्षति पुर्‍याउने किसिमले संघको विधि विधान र अनुशासन विपरीत, महाधिवेशन अवरोध गर्ने र केन्द्रीय कार्यालयको ताला फुटाई कार्यालयमा कब्जा जमाई बस्ने रामेछापका रामकृष्ण खड्का र रत्नहरी ढुंगेललाई साधारण सदस्य सहित नरहने गरी ३ महिनाका लागि निलम्बन गरेको छ । यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चार लाख ५५ हजार रुपैयाँमात्रै संकलन गरेको जनाएको छ । उसले कसैलाई रकम नतोकि विभिन्न शुभेच्छुक संघ संस्था र व्यक्तिहरुबाट गरी चार लाख पाँचपन्न हजार मात्र संकलन भएको जनाएको हो ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक
यस्तै नेविसंघले भदौ अन्तिम साता काठमाण्डौमा हुने महाधिवेशनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार भदौ १४ गतेभित्र जिल्ला तथा भदौ १७ भित्रै क्याम्पसको अधिवेशन सक्ने गरी प्रतिनिधि खटाएको छ । cp. onlinekhabar.com
 

कमेन्टहरु
Loading...