पोखरा, १७ कात्तिक /विरुवा वचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिकोत्सवको उपलक्षमा पोखरा लेखनाथ महानगरपालिका १७ स्थित दृष्टिविहिन सहयोग तथा स्वरोजगार नेपाललाई नगद तथा खाद्यान्न सहयोग गरेकोछ ।
सो अवसरमा संस्थाकोतर्पmबाट दाल,चामल, नुन, तेल, आलु, प्याज लगायतका विभिन्न खाद्य सामाग्री एवम् दयनिय अवस्था देखेपछि कार्यक्रमका सहभागिहरुले संकलित ११ हजार रुपैया सहयोग गरेको सहकारीका उपाध्यक्ष शिबराज आचार्यले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वतर्पm सहयोग गरिएको नगद सहितको खाद्यान्न सामाग्री संस्थाका अध्यक्ष चित्रराज बरालले एक समारोहका बीच दृष्टिविहिन सहयोग तथा स्वरोजगार नेपालका संस्थापक अध्यक्ष आईत सिंह तामाङलाई हस्तान्तरण गर्नुभयो ।
घर भाडामा लिएर संचालन गरिएको सो सस्थामा हाल ३० जना दृष्टिविहिन एवम् अपाङ्गहरुले दिनभरि पोखरा बजारका चोकहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर संकलित आर्थिकबाट जिविकोपार्जन गर्दै आएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । कार्यक्रम संयोजक सुमित्रा लम्सालले स्वागत गर्नुभएको सो कार्यक्रम सहकारीका सचिव शिबराम भण्डारीले संञ्चालन गर्नुभएको थियो ।