जण्डिसले पत्रकार पराजुलीको निधन

पोखरा, १२ असोज/नेपाल पत्रकार महासंघ कास्कीका सदस्य के.पी. शर्मा पराजुलीको आज (विहिबार) असामहिक निधन भएको छ । विगत तीन दशक देखि पत्रकारिता गर्दै आउनु भएका पराजुलीको आज दिउसो पोखरा लेखनाथ महानगरपालिका ८, सिमलचौर आफ्नै निवासमा दुःखद निधन भएको उनको परिवारले जनाएको छ ।

जण्डिस रोग विग्रियर कलेजो र फोक्सोको समस्याबाट ग्रसित हुनु भएका पराजुलीको केहि दिन अघि काठमाण्डौंबाट उपचार गरी घरमा आराम गरी रहेका पराजुलीको विहिबार असामहिक निधन भएको हो । यसै बिच, पत्रकार पराजुलीको दुःखद निधन प्रति नेपाल पत्रकार महासंघ कास्की शाखा स्तव्ध भएको छ । पत्रकार पराजुलीको असामहिक निधनले सिंगो पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी बिज्ञेप्तिमा उल्लेख गरिएको छ ।

उहाँको दुःखद निधन प्रति महासंघ कास्कीले गहिरो दुःख व्यक्त गर्दै सोक सन्तप्त परिवारजन प्रति हार्दिक समावेदना व्यक्त गरेको छ । विगत तीन दशक देखि पत्रकारितामा क्रियाशिल पत्रकार पराजुली लामो समय शिक्षण सेवामा पनि संलग्न हुनु भएको थियो । कास्कीको भदौरे तामागीमा २०२२ मंसिर १३ गते आमा रमा पराजुली र बाबु लिलाधर पराजुलीको कोखबाट जन्मेका पराजुलीका दुई श्रीमती, दुई छोरी र एक छोरा रहेका छन ।

जनशक्ता पत्रिकाबाट पत्रकारिता सुरुवात गरेका पराजुलीले कमाण्डर, हिमदुत, कास्की अभियान, पोखरेली दैनिक लगायतका पत्रिकामा काम गर्नु भएको थियो । त्यसै गरी उहाँले राष्ट्रिय मावि, विन्ध्यवासिनी मावि र जनप्रिय माविमा अध्ययापन गरानु भएको थियो भने उहाँ हाल शिक्षण पेशाबाट सेवा निर्वीत हुनु भएको हो ।

कमेन्टहरु
Loading...