सामाजिक जागरणको अध्यात्म जागरणमा ध्यान, साधना र योग

पोखरा,१९ साउन सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा बिहीवार ध्यान,सत्सघ तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुका लागि अध्यात्म जागरण कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सञ्चालन गरिएको संयोजक सुष्मा पौडेलले वताइन् ।

कार्यक्रममा धर्म र अध्यात्मका वारेमा व्याख्या गर्दै केदारेश्वर मणि महादेवका पिठाधिस डा.लेखनाथ आचार्यले वस्त्र धारण गर्नु वा पुजापाठ गर्ने व्यक्ति मात्रै धार्मीक भनिन नहुनेमा जोड दिनुभयो । मानिस भएर जन्मेपछि आफु को हु भन्ने वुझ्न आवश्यक भएको भन्दै ध्यान साधना र योगका लागि समय व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै युवा चिन्तक माधव पहारीले धर्म भन्दा माथी अध्यात्म भएको भन्दै अध्यात्मले समाजको विभेदर हिनतावोधलाई हटाउने विश्वास व्यक्त गर्नुभयो ।

विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष शखर खराल र सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजुले धर्म माथीको हस्तक्षेप रोक्नुपर्ने र आफ्नो धर्मसंस्कृतिको संरक्षणका लागि एकपटक सवै जाग्नुपर्नेमा जोड दिनुयो । साथै ३० गते आयोजना हुन लागेको कृष्ण जन्माष्ठमी शोभायात्रा तथा विभिध कार्यक्रमलाई सफल वनाउन सवै एकजुट भएर लाग्न समेत आह्वान गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेकी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परमप्ज्य शिवकृपानन्द स्वामीजीको प्रवचन तथा समर्पण ध्यानका वारेमा जानकारी गराइएको थियो । सदस्य तथा वडा नं १५का जनप्रतिनिधी सदस्य पार्वती कार्की र वडा नं १७ का तारा सेवालाई सम्मान गरिएको उक्त कार्यक्रममा स्वागत मंतव्य उशा गोशेलीले व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रेनुथापाले गर्नुभएको थियो ।

अध्यात्म जागरणका लागि समर्पण ध्यानको दोश्रो चरणको कार्यक्रम चाडै नै सञ्चालन गर्ने तैयारी भैरहेको सदस्य ज्ञानु सुवेदीले जानकारी दिनुभएको छ । साथै अर्थ संयोजक सरु दहालका पिता र कमला पहारीका शसुरा वुवाको निधन प्रति दुख व्यक्त गर्दै आत्माको शान्तीको कामना गर्दै श्रद्धाञ्ली समेत अपर्ण गरेको सदस्य मेनुका पौडेलले जानकारी गराइन् ।

कमेन्टहरु
Loading...