पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पालिखेले छुद्र र क्रुद्ध अभिव्यक्ति

कमल पौडेल अथक

पोखरा २८, असार /पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा स्थापना भएको नेपाल पत्रकार महासंघ कास्की शाखाको मिडिया सेन्टर उद्घाटनका क्रममा बुधवार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निकै छुद्र र क्रुद्ध अभिव्यक्ति दिएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा उनले पत्रकार महासंघलाई भिखारीको संज्ञा दिएका हुन् । उनले भने–पत्रकार महासंघले जग्गा सुकुम्बासी तवरबाट आयो भने बिल्डिङले मगन्ते र भिखारी पाराले सम्पन्न भयो । मिडिया सेन्टर पनि त्यस्तै तालले नचलाओस् ।

पत्रकारलाई गाली गरेर हतार छ भनी उनी तत्कालै बाहिरिएका थिए । तर पत्रकार प्रतिक्रीया भने उनले सुन्न चाहेनन् । सो कार्यक्रमा बोल्ने पत्रकारहरुले उनको भनाई प्रती बिरोध समेत जनाए ।

पत्रकारको भवन सुकुम्बासी पाराले बनेको हो भने पोखरा उपत्यका नगर विकास समितिको प्रर्दशनी केन्द्रमा रहेको जग्गा पोखरा उद्योग वाणिज्य संघले प्रर्दशनी केन्द्रका रुपमा संचालन गर्दै आएको छ । त्यो जग्गा सुकुम्बासी पाराले आएको हो की बिश्व शंकर पालिखेको आफ्नो पेवाको हो भनी टिप्पणी गरेका थिए ।

कमेन्टहरु
Loading...