पोखरा, २१ जेठ/युएसएडको प्रारम्भिक कक्षा पढाई कार्यक्रम(इजिआरपी) को वरिष्ठ अनुगमन तथा मुल्याङ्कन विज्ञको रुपमा कार्यरत रहेका तारानाथ पौडेलले विद्यावारिधी उपाधिप्राप्त गरेका छन् । युएसएडको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा पढाई (इजिआरपी) कार्यक्रम कास्की लगायत देशका १६ वटा जिल्लाहरुमा संचालित छ ।
पौडेलले काठमाण्डौँ विश्वविद्यालयवाट नेपालका विद्यालयहरुमा हुने लैंगिक हिंसा सम्वन्धी विषयमा अनुशन्धानगरि विद्यावारिधीको उपाधीप्राप्त गरेका हुन् । साबिकको रापाकोट गा.वि.स.–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–३, सिरीन्डाडा, स्याङजा स्थायी घर भएका डा.पौडेल लामो समयदेखी नेपालको अनुशन्धान क्षेत्रमा आवद्ध छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संघ संस्थाहरुमा आवद्ध पौडेल अमेरिकामा रहेको म्याक्रोथिङ्क ईन्स्टिच्युटको सम्पादक मण्डलको सदस्य, जापान स्थित दिगो बिकाश सम्बन्धी अन्तराष्ट्रिय मञ्च (आइएसडिएस)को आमन्त्रित सदस्य, अमेरिकाको ग्लोबल र्जाेनल रिसर्च काउन्सिलको सदस्यको रुपमा आबद्घ छन् ।
पौडेलले १० भन्दा वढी अन्तराष्ट्रिय सम्मेलन र ५० भन्दा वढि जर्नल तथा पत्रपत्रिकाहरुमा रिसर्च सम्वन्धी पेपर प्रस्तुत गरीसकेका छन् । बिभिन्न सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुमा अनुशन्धान विज्ञका रुपमा लामो अनुभब हासिल गरेका डा.पौडेलले विद्यालय देखी विश्वविद्यालयहरुमा समेत अध्यापन गरेका छन् ।