पोखराका दुई रुटमा राती ९ बजे सम्म नगरबस सञ्चालन हुने

पोखरा, १६ असार /पोखरा बस व्यवसायी समितिले पोखरा राती ९ बजे सम्म नगरबस सञ्चालन गर्ने तयारी थालेको छ । राती सम्म यात्रुलाई सेवा दिने उद्देश्यले राती सम्म बस सञ्चालनको तयारी थालेको पोखरा बस व्यवसायी समितिका सचिब अमृत तिमिल्सिनाले जानकारी दिए । उनले उनले अहिले दुई वटा रुटबा प्रयोग गरिने बताए ।

सेवा ग्राहीको माग बढ्दै गएमा थप रुटमा पनि सेवा सञ्चालन गरिने छ उनले भने सञ्चालनका लागि नै कठिनाई आएमा १५ दिनको परिक्षण पछि बन्द गरिने बताए । अहिले साझँ सम्म मात्रै बस चल्दै आएका छन् उनले भने नगरबसको समय बढाएर राती ९ बजेसम्म सञ्चालन हुने बताए । यातायात ब्यवस्था समितिले कार्यदल गठन गरि सम्भाव्यता खोजेको थियो ।

सुझावका आधारमा तत्कालको लागि दुई वटा रुटमा राती ९ बजेसम्म नगरबस सञ्चालन गर्न सिफारिस गरिएको थियो । अहिले हल्लनचोक सभागृहचोक, महेन्द्रपुल हुदै काँहुखोला सम्म र फेवाताल देखि विरौटा पृथ्वीचोक हुदै केआईसिंह पुल सम्मको रुटमा राती ९ बजेसम्म बस सञ्चालन हुनेछ ।

दुईवटा रुटमा बस व्यवसायी समितिका ८ वटा बस सञ्चालन हुने छन् । उनले पोखराको मुख्यबजार महेन्द्रपुल, पृथ्वीचोक लगाएतका ठाउँ साझँ अबेर सम्म खेल्ने व्यवस्था प्रशानले मिलाउन लागेको बताए । त्यसले गर्दा कार्यालयबाट फर्किए पछि पनि किनमेल गर्न सक्ने बताए । यातायात ब्यवस्था समितिले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिल शाहीको संयोजकत्वमा समिति गठन भएको थियो ।

कमेन्टहरु
Loading...