कांग्रेस नेता कुँवरलाई पितृशोक

पोखरा १४, असार /नेपाली कांग्रेसका नेता तथा पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार रामजी कुँवरलाई पितृशोक परेको छ । नेपाली कांग्रेसका अग्रणी नेता तथा प्रजातान्त्रीक आन्दोलनका सेनानी नवराज कुँवरको ८८ वर्षको उमेरमा गयराती निधन भएको हो ।

स्वर्गिय कुँवरको बुधवार नै सेती किनारमा अन्त्यष्टि समेत भएको छ । उनको पार्थिव शरीरमा कांस्की कांग्रेसका शभापति कृष्ण केसीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

यसअघि स्वर्गिय कुँवरको निवास पोखरा –६,लेकसाईडबाट सुरु शवयात्रामा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी शोभियत बहादुर अधिकारी, गिरीराज गौतम , जिल्ला सचिव सुदिपमोहन भट्टराई, रामराज लामिछाने, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य देवेन्द्र रानाभाट, क्षेत्रीय शभापतिहरु विर्जमान गुरुङ, पोषनाथ शर्मा,माधव प्रसाद बाँस्तोला मधु,विजयराज आचार्य लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसैबिच कुँवरको निधनप्रति नेपाली कांग्रेस कास्कीले एक विज्ञप्ती जारी गर्दैै शोक ब्यक्त गरेको छ । कास्की कांग्रेसका शभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ,“विभिन्न समयमा विकासका काम तथा सिङ्गो पार्टीका कार्यहरुमा अग्रणी भूमिकामा रहनुभएका कुँवरको निधनबाट पार्टीलाई असल मार्गनिर्देशक र अभिभावकको अभाव खट्कीएको छ ।” कुँवरको निधनले कांग्रेस कास्कीलाई अपुणनिय क्षती पुगेको उल्लेख गर्दै शोक सन्तप्त परीवारमा समवेदना समेत प्रकट गरीएको छ ।

कमेन्टहरु
Loading...