पोखरा, १२ असार /युएसएआइडी र द एशिया फाउण्डेशनको सहयोगमा दलित गैरसरकारी संस्था महासंघद्वारा संचालित व्यक्तिबाट व्यक्ति विधि कार्यmम अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं. २३ मा क्रियाशील लैंगिक समानता र सामाजिक समावेशीकरण (जेसी) पैरवी समूहले वडा नं. २३ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सोमवार एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ ।
कार्यक्रममा बोल्दै महासंघ क्षेत्रीय कार्यक्रम संयोजक पूर्ण परियारले उक्त वडामा सबैखाले विभेद अन्त्य गर्न र नमूना वडा निर्माण गर्न योगदान पु¥याउने अपेक्षा गरेको बताउनुभयो । वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले डिएनएफको कार्यक्रमले समाजमा परिवर्तनको निर्देश गरेको बताउनुभयो । नवनिर्वाचित सबै प्रतिनिधिहरुले विभेद अन्त्य गर्न आफूहरु लाग्ने र सधैं पहल गरिरहने बताउनुभयो ।
कार्यक्रममा दुर्गा बहादुर घले, भरतराज भण्डारी, मनकुमारी सुनार, डिएनएफका एसएम मिम विक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जेसी चापाकोटका अध्यक्ष सरिता सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जेसी भदौरेका अध्यक्ष अनुपा अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सदस्य रोनु सुनारले गर्नुभएको थियो ।