३१ औ अन्तराष्ट्रिय एसओएस दिवसमा विविध कार्यक्रम

पोखरा, १० असार/एसओएस बालग्राम पोखराको आयोजनामा ३१ औ अन्तराष्ट्रिय एसओएस दिवस विविध कार्यक्रमका गरी मनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले प्रो. डा. हर्मन माइनरको अर्धकदको शालिक अनावरण गरेका छन् । साही अवसरमा वडा नं १७ का निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्मान गरेको छ ।

अधिकारीले यस संस्थाको हामी पनि अभिभावक भएका छौ र यस नाताले यस शैक्षिक र भौतिक विकासमा हामी वडाका तर्फबाट सम्भव हुने हरेक काममा सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

एसओएस बालग्रामको योजना निर्देशक लोब्साङ ग्यालजेनले एसओएस स्थापना, गतिविधि, लक्ष्य र उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । भूपू विद्यार्थीहरुले आफ्ना मिठा अनुभव र यस सस्थामा विताएका अनुभुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा यसै संस्थाका विद्यार्थी बाबु नानी र कर्मचारीहरुले विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा लामो समय संस्थाको हितमा खटिरहका सक्रिय कर्मचारीहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।

बालग्रामका योजना निर्देशक लोब्साङ ग्यालजेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्राचार्य हरि चन्द्र सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने हर्मन माइनर विद्यालयका शिक्षकद्वय नवराज अधिकारी र तेन्जिन दोर्जेले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...