पत्रकार प्रकाश ढकाललाई थप उपचारको लागि काठमाडौं, नर्भिकमा उपचार हुदै

पोखरा २ असार /श्वासप्रश्वासमा समस्या आएपछि १० दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार पत्रकार प्रकाश ढकाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि उनलाई शुक्रबार काठमाडौं लगिएको हो ।

उनको हाल काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भैरहेको पत्रकार महासंघ कास्कीका उपाध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए । पौडेलले अस्पतालका चिकित्सक रमेश चोखानीलाई उदृत गर्दै ढकालको स्वास्थ्य केहिदिनमै पूर्ववत अबस्थामा आउने समेत बताए ।

ढकालको उपचार सहयोगार्थ पोखरामा रकम संकलनको काम जारी छ । पत्रकार लगायत अन्य विभिन्न संघ संस्था र ब्यक्तिले उनको उपचारमा सहयोग गरिरहेका छन् । उनको उपचारमा सहयोग गर्न पत्रकार महासंघ कास्कीले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

कमेन्टहरु
Loading...