पोखरा, ३० जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० ले आफ्नो सेवा खुदी ढुङ्गेपाटनमा रहेको मैत्रीसभाहलवाट सुरु गरेको छ ।
वडामा क्रियाशिल राजनीतिकदल, नागरिक समाज, वुद्धिजिवी, आमा समुह तथा संघ संस्थाहरुको सहमतिमा सवैलाई पायक पर्ने स्थान छनौट गरि सोमवारवाट वडा कार्यालय संचालनमा आएको स्थानीय वुद्धिजिवी रामजीप्रसाद न्यौपानेले जानकारी दिए ।
यसअघि वडा कार्यालयले साविक लेखनाथ नगरपालिकाको भवनवाट सेवा प्रदान गर्दै आएको थियो । लेखनाथ र नगरपालिका, लेखनाथ शहरी खानेपानी आयोजना र स्थानीय जनताको सहभागितावाट मैत्रीसभाहल निर्माण गरिएको थियो ।
साविक लेखनाथ नगरपालिका वडा नं ८ र १२ मिलेर वनेको महानगरको वडा नं ३० मा शिशुवा, खुदी र गगनगौडा पर्दछन् ।
कार्यालय शुभारम्भको पहिलो दिनमा नै वडा कार्यालयले नागरिकताको सिफारिस र चारकिल्ला प्रमाणित गर्ने सेवा प्रदान गरेको वडा अध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।