पोखरा, २४ जेठ/राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा विश्व वातावरण दिवस–२०७४ को अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा मदरल्याण्ड मावि कक्षा १० मा अध्ययनरत निकेश गिरी पहिलो भएका छन् ।
त्यसै गरि शिशु निकेतन मावि कक्षा ९ का नीति रानाभाट दोस्रो र नव प्रभात मा.वि. कक्षा १० मा अध्ययनरत सुस्मिता गोपाली तेस्रो भइन् । यो वर्ष विश्व वातावरण दिवसको नारा प्रकृतिसँग हाम्रो सम्बन्ध; रहिरहोस् अनन्त भन्ने शीर्षकमा प्रतियोगीहरू बिच प्रतिस्पर्धा गराइएको थियो ।
विजयी विद्यार्थीहरुलाई आयोजना निर्देशक लाल प्रसाद गुरुङले पुरस्कार वितरण गरे । पहिलो हुनेलाई २ हजार ५ सय दोस्रो २ हजार र तेस्रो हुनेलाई १ हजार ५ सय र सहित प्रमाणपत्रले पुरस्कृत गरे ।