पोखरा २४ मा वडा अध्यक्ष पदस्थापना, अपाङ्गहरुलाई १० प्रतिशत भत्ता बढाउने

पोखरा १७ जेठ /पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर २४ कास्कीकोटमा नव निवार्चीत पदाधीकारीहरुको पदस्थापना गरेका छन् । कास्कीकोटमा रहेको वडा कार्यालमा निवार्चीत पदाधीकारीहरुलाई वडा सचिव नारायण प्रसाद अधिकारीले स्वागत गर्दे कार्य कक्षप्रवेश गराएका थिए ।

निवार्चीत वडा अध्यक्षले वडा नम्वर २४ मा रहेका पुर्ण तथा आंसिक अपाङ्गहरुले पाउदै आएको सामाजीक सुरुक्षा भत्तामा १० प्रतिशत वृद्धी गरेर वितरण गर्ने पहिलो निणर्यमा हस्ताक्षर गरेका छन् । कास्कीकोट कालीका मन्दिर र कश्यपधामलाई धार्मिक र पर्यटकीय केन्द्रको रुपमा स्थापीतगर्ने र कार्यालमा सुझाव पेटीका राख्ने निणर्य गरेको निवार्चीत वडा अध्यक्ष ओम प्रसाद सुवेदीले जानकारी दिए ।

वडामा अध्यक्षमाओम प्रसाद सुवेदी सदस्यहरुमा अग्नीधर त्रिपाठी, सोमनाथ भटराई, महिला सदस्य सन्तु सुवेदी, दलित महिला सदस्य मामिना नेपाली निवार्चीत भएका थिए ।

कमेन्टहरु
Loading...