हङकङमा हुने सहारा साँझमा जाने कलाकारलाई बिदाई

पोखरा १६, जेठ/पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा हुने सहारा साँझमा सहभागी हुने टोलीलाई एक कार्यक्रम गरी पोखराबाट बिदाई गरिएको छ । सहारा क्लव पोखराले मंगलबार एक कार्यक्रम गरी टोलीलाई शुभयात्राको कामनासहित बिदाई गरेको हो ।

कार्यक्रममा सहारा क्लवका बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विक्रम थकाली, मानार्थ सदस्य प्रकाश शेरचन, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले अवीर र खादा लगाएर बिदाई गरेका थिए ।

टोलीमा सहारा क्लव पोखराका अध्यक्ष बिरभद्र आचार्यसहित गायक जयकुमार परियार, दृष्टिविहिन सरिता अधिकारी, प्रिया गुरुङ लगायतका छन् । त्यस्तै काठमाडौंबाट सुगमपोखरेल, समृद्धी राई र नृत्य मा मीन गुरुङ पनि सहारा साँझका लागि जाँदैछन् । पोखराबाट बिदाई गरिएको टोली बुधबार विहान पोखराबाट प्रस्थान गर्नेछन् भने विहीबार काठमाडौंबाट हङकङ प्रस्थान गर्नेछन् ।

विहीबारै बेलुका हङकङ पुग्ने टोलीले आइतबार हङकङमा हुने कार्यक्रममा प्रस्तुती दिने बताइएको छ । सहारा साँझबाट संकलित रकम सहारा एकेडेमी र भुकम्पले भत्काएको सिन्धुपाल्चोकको हैबुङ माविको भवन निर्माणका लागि सहयोग गरिने आयोजक सहारा हङकङका अध्यक्ष दिपक गुरुङले हङकङबाट जनाएका छन् ।

कमेन्टहरु
Loading...