मंगल धर्म चक्र बौद्ध गुम्बा निर्माणका सहयोगी दाताहरुलाई सम्मान

पोखरा, १६ जेठ /सात तालबो बाटिका शहर पोखरा लेखनाथ ३१ पचभैयामा निर्माण सम्पन्न मंगल धर्म चक्र बौद्ध गुम्बा निर्माणमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्मान गरिएको छ ।

लामो समयपछि निर्माण सम्पन्न भएको गुम्बामा पचभैया, लेखनाथ र पोखरामा बसोबास गर्ने विभिन्न ब्याक्तिहरुको सहयोग रहेको र उनीहरुलाई सम्मान गरिएको गुम्बा निर्माण समितीका संयोजक बिक्रम गुरुङले जानकारी दिए ।
सोमबार अयोजित सम्मान समारोहमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सम्मानित ब्याक्तिहरुलाई सम्मान गर्दै पोखरा नेपालकै पर्यटकीय केन्द्रबिन्दु रहेको वताउदै पोखरा लेखनाथ ३१ पचभैयामा निर्माण सम्पन्न भएको बौद्ध गुम्बाले बौद्ध धर्मावलम्बी मात्र नभइ पचभैया क्षेत्रमा आउने पर्यटकको केन्द्रबिन्दु हुने वताइन ।

पोखरा प्राकृतिक हिसावले मनमोहक भएको र गुम्बा जस्ता मानव निर्मित संरचनाले पर्यटकलाई आकर्षित गराउने भएकाले गुम्बा निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण ब्याक्तिहरुलाई धन्यवाद ब्यक्त गरिन ।

गुम्बा उद्घाटन समारोह बैशाख २३ मा सहयोगी दाताहरुलाई सम्मान गर्न नभ्याएकोले सोमबार सम्मान कार्यक्रमको आयोजना गरिएको स्थानिय तथा समाजसेवी रबिन्द्रमान गुरुङले जानकारी दिए । सोमबार सम्पन्न समारहेमा तीन दर्जन बढी सहयोगदताहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...