चालक अनुमतिपत्र जेठ दोस्रो साता मात्रै

ललितपुर, २३ वैशाख /स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । आजको गोरखापत्रमा खबर छ ।

अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द गर्नुपरेको हो ।

प्रयोगात्मक परीक्षाको मिति तय भइसकेका, तोकिएका थप परीक्षार्थीको परीक्षालगायत इजाजतपत्र नवीकरण, प्रतिलिपि उतार, अञ्चलीकरण तथा अन्तर्राष्ट्रिय इजाजतपत्रको नेपालीकरणलगायतका सबै कार्य बन्द गरिएको छ ।

कमेन्टहरु
Loading...