उमेद्वारको जिप विप्लब माओबादीद्वारा तोडफोड्

पोखरा, २१ वैशाख/नेपाली कांग्रेस कास्की अन्नपूर्ण गाउँ पालिका वडा नम्बर ५ का वडाध्यक्षका प्रत्यासी जीबनाथ पौडेल ९शंकर० चढेको ग १ च ८५६८ नम्बरको जिपमा तोडफोड गरिएको प्रहरीले जानकारी दिएको छ ।

वडा नम्बर ५ मा प्रचार प्रसारको क्रममा ४, ५ जनाको समुहमा आएका बिप्लप माओबादीका कार्यकर्ता बताउने उनीहरुले गाडीको शिशा पुर्ण रुपमा क्षति पुरयाउनुका साथै प्रचारको क्रममा रहेका स्थानिय कांग्रेस कार्यकर्ता नान बहादुर केसी लगायत माथि समेत ढुङ्गा प्रहार गरि घाईते बनाएको नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि राज बहादुर गुरुङले जानकारी दिए ।  हाल सो स्थानमा प्रहरी र स्थानियबासीले आक्रमणकारीको खोजी तीब्र बताएको छ ।

कमेन्टहरु
Loading...