घाइतेले उपचार नपाएको घटनाप्रती नेविसंघको आपत्ति

पोखरा, १० बैशाख / नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानू ढकालले पोखराको मनिपाल शिक्षण अस्पतालमा विरामीको उपचारमा अस्पताल प्रशासनले वेवास्ता गरेको घटनाप्रती दुख व्यक्त गरेका छन् ।

आईतवार एक विज्ञप्ति प्रकासित गरी ढकालले आन्दोलनका नाममा पटक पटक अस्पताल वन्द हुनु र विरामीको सेवामा समर्पीत हुने डाक्टरहरु स्वयंले विरामीलाई अन्यत्र फर्काउनु दुखद भएको उल्लेख गर्दै त्यस प्रति नेपाल विद्यार्थी संघको गंभिर ध्यानाकर्षण भएको वताएका छन् ।

वार्ताका माध्यमवाट समस्या समाधान गर्नुपर्नेमा अस्पतालमा उपचारका लागी आएका घाईतेलाई अन्यत्र फर्काउनु अस्पताल प्रशासन र सेवामा समर्पित डाक्टरहरुको गैरजिम्मेवारीपनको पराकाष्ठा शिवाय केही होईन उनले भनेका छन् । आगामी दिनमा पनी यस्ता घटना नदोहो¥याउन र समयमै वार्ता र छलफका माध्यमवाट समाधान खोज्न सरोकारवाला सवै पक्षसँग उनको आग्रह छ ।

कमेन्टहरु
Loading...