पोखरा, ३१ चैत /पोखराबाट दमौली जादै गरेको स्कुटले ठक्कर दिदा एक जनाको घाइते भएकी छन् । पोखरा लेखनाथ महानगरपालिका २७ डाडाँकोनाकमा दमैली तर्फ जाँदै गरेको ग ११ प २५३१ नम्बरको स्कुटरको ठक्करले सोही स्थान बस्ने ६७ वर्षिय खरसुब्बा गुरुङ घाईते भई भएकी हुन् ।
उनको चरक अस्पताल पोखरामा उपचार भइरहको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने स्कुटर र स्कुटर चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
त्यसै गरि कास्कीको साविकको मिजुरे गाविस ७ स्थित गिटी लिएर जाँदै गरेको बा ४ ख ६४५७ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट ४ मिटर तल खस्दा टिप्पर चालक घाईते भएका छन् । मकवानपुर भिमफेदी १ बस्ने ३५ वर्षिय विनोद कुमार रखालको दमौली अस्पताल उपचार हुन नसके पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।