अस्थायी शिक्षकका लागि आयोग खुल्यो, परीक्षाको मिति पछि तोक्ने

भक्तपुर, १८ चैत /सरकारले अस्थायी शिक्षकलाई ब्यवस्थापन गर्न शिक्षक सेवा आयोगले विज्ञापन खोलेको छ । अहिले ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।
परीक्षा मिति पछि तोक्ने गरी आयोग खोलेको उनले बताए ।

सबै जिल्लाको विवरण प्राप्त नभएकोले जतिको प्राप्त भयो त्यति जिल्लाको मात्रै आयोग खोलेको उनले बताए । सबै जिल्लाको विवरण शिक्षा विभागले दिएको छैन, अहिले हामीले स्विकृत गरेको भन्दा पछि फरक विवरण भयो भने समस्या हुन्छ भनेर जतिको पायौं त्यतिको विज्ञापन गरेका हौुं उनले भने, यहि विचमा सबै विवरण अद्यावधिक हुन्छ की भन्ने ठानेर परीक्षा मिति पछि तोक्ने गरी विज्ञापन गरिएको छ ।

आगामी बैशाख १७ गते सम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरी २४ गतेसम्म फारम भर्न सकिने विज्ञापनमा उल्लेख छ । अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षा ऐनमा ब्यवस्था भएपनि शिक्षा मन्त्रालयको ढिलासुस्तिका कारण आयोग खोल्ने काम अलमलमा परेको थियो ।

कमेन्टहरु
Loading...