मापदण्ड विपरितका निजी स्वास्थ्य संस्थालाई कारबाही हुने

काठमाडौं, चैत ७/सरकारले मापदण्ड विपरितका निजी स्वास्थ्य संस्थालाई बन्द गर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति र नविकरण गर्न निवेदन नदिने निजी स्वास्थ्य संस्थालाई कारबाही स्वरुप बन्द गर्ने तयारी मन्त्रालयले थालेको हो ।

मन्त्रालयले गएको फागुन मसान्त सम्ममा संस्था सञ्चालनका लागि अनुमति र नविकरणका लागि निवेदन दिन समय दिएकोमा धेरैजसो मेडिकल कलेजले निवेदन दिए पनि धेरै क्लिनिक भने अझै कानुनी दायरामा नआएकाले उनीहरुलाई कारबाही गर्ने मन्त्रालयले तयारी गरेको हो ।दर्ता नगरी निजी क्लिनिक तथा अस्पताल सञ्चालन गर्नेको सूचि सार्वजनिक गरी बन्दै गर्नेसम्मको कारबाही हुने मन्त्रालयले जनाएको छ ।

सरकारले अनुमति र नविकरण गर्न भने पछि काठमाडौं जनस्वास्थ्य कार्यालयमा झण्डै ४ सय ९० नयाँ क्लिनिकले दर्ताका लागि निवेदन दिएको जनस्वास्थ्य निरीक्षक महेन्द्र गिरीले बताए ।उनका अनुसार नयाँ पुराना गरी झण्डै ८ सय भन्दा बढी स्वास्थ्य संस्था दर्ताका  लागि प्रक्रियामा आएका छन् । दर्ता तथा नविकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङ होम, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका स्वास्थ्य संस्थाले फागुनभित्रमा दर्ता तथा नविकरण नगरेमा खारेज हुने निर्देशिकामा व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...