पोखरामा चरा गणना सुरु

पोखरा, २ माघ /सिमसारमा आश्रित पानीचराहरूको विचरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधि गर्न उद्देश्यले आइतबार देखि पोखरा चरा गणना सुरु भएको छ ।

तीन दिन सम्म सञ्चालन हुने गणनामा संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपाल भर जलपक्षीहरूको अनुगमन र गणना गर्दै आएको पंछी समाजका संस्थापक मनशान्त घिमिरेले जानकारी दिए । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको यस्तो गणना यस वर्ष सुरु भएको छ ।

प्रत्येक वर्ष जनवरीमा गरिने उक्त गणना कार्यक्रम यस वर्ष पनि जनवरी ७ देखि २२ पुस २३ देखि माघ ९० सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना भईरहेको टाईगर माउण्टेन पोखरा लजका संचालक मार्कस कटनले जानकारी दिए । जस अनुसार पोखरामा रहेका तालहरुमा माघ २ देखी ४ गते सम्म पंछी गणना कार्यक्रम सुरु भएको हो ।

बिगत २० वर्ष देखि हातेमालो गर्दै आएको संस्था टाईगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, नेपाल पंछी संरक्षण संघ पोखरा शाखा, स्वयंसेवी, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय संलग्नता रहेको छ । कास्कीका फेवाताल, रुपाताल, बेगनास ताल, सेती नदि, खास्टेताल लगाएतका क्षेत्रमा गणना गरिने घिमिरेले जानकारी दिए ।

कमेन्टहरु
Loading...