चन्दा उठाएर एम्बुलेन्स

गुल्मी, २१ कात्तिक /दाताको सहयोगमा गुल्मीको नयाँगाउँका बासिन्दाले एम्बुलेन्स सेवा पाएका छन् । नयाँगाउँमा घर भई काठमाडौं तथा विदेशमा रहेका नयाँगाँउबासी र स्थानीयको समेत आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो । नयाँगाउँ एम्बुलेन्स सेवा ट्रष्टले स्थानीय समुदायको सुविधाको लागि किनेको एम्बुलेन्स नयाँगाउँ शाखालाई हस्तान्तरण गरेको छ ।

एम्बुलेन्स किन्नका लागि मुख्य दाता राधा मल्लले ५ लाख रुपैयाँ रुपैयाँ सहयोग गरेकी थिइ्न । मल्ल ट्रष्टको अध्यक्ष समेत हुन् ।
ट्रष्ट सदस्य भरत मल्लका अनुसार एम्बुलेन्सका लागि ११ लाख रुपैयाँ परेको छ । शाखाले चालकसहित व्यवस्थापनको जिम्मा लिएको उनले बताए । ‘आफ्नो गाउँका लागि सेवा गर्ने उद्देश्यले हामीले एम्बुलेन्स खरिद गर्नमा चाँसो देखाएका हौं । एम्बुलेन्स नहुँदा गाउँलेले बिरामी हुँदा उपचारका लागि अस्पतालसम्म लैजान समस्या खेप्नुपरेको थियो,’ मल्लले भने, ‘त्यही भएर एम्बुलेन्स किन्नमा चाँसो देखायौ । एम्बुलेन्स किन्ने रकम जुटाउन करिब अढाई वर्ष मेहनत परेको छ ।’

सदरमुकाम तम्घासबाट २६ किलोमिटर टाढाको नयाँगाउँसम्म मोटर पुगेपछि एम्बुलेन्स किन्नका लागि पहल सुरु गरेको उनले बताए । मोटर चल्नु अघि डोलिमा बोकेर बिरामीलाई उपचारका लागि अस्पताल ल्याउनु पर्दथ्यो । ‘मोटरबाटो पुगेपछि बल्ल एम्बुलेन्स किन्न पहल ग¥यौ । अब बाह्रैमहिना बिरामीलाई उपचार छिटोछरितो हुनेछ,’ उनले भने । एम्बुलेन्स सेवाले बिरामीलाई सदरमुकाम तम्घास, पाल्पाको तानसेन तथा बुटवल र काठमाडौंसम्म पु¥याउन सहयोग पुग्ने उनले बताए ।

गाउँमा एम्बुलेन्स सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा सहज भएको शाखा अध्यक्ष कमल थापाले बताए । यसैबीच ट्रष्ट सदस्य मल्ले लेखेको गिती कविता संग्रह ‘फूलजस्तै जुन’ गजल संग्रह ‘कोशिष’ र ‘मन परेको मान्छे’ पनि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा विमोचन गरिएको छ । मल्लकी आमा नन्दकुमारी मल्ल, श्रीमती राधा मल्ल र छोरी डा. सायरा मल्लले गिती र गजल संग्रह विमोचन गरेका थिए ।

कमेन्टहरु
Loading...