सागर राज तिमिल्सिना
पोखरा, ८ असोज/पर्यटन विकासका लागि साइकल सिटी पोखराको आयोजनमा पोखरामा टुर दि पोखरा साइकल यात्राको सम्पन्न गरेको छ । पोखराका दुई ताल जोड्ने गरि भएको साइकल यात्रामा करिब ७ सय साइकल यात्रुको सहभागीता रहेको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।
विश्व मुटु दिवसको अबसरमा आयोजना गरिएको साइकल यात्रा पोखरा फेवाताल देखि लेखनाथको बेगनास तालसम्म २८ किलोमिटरको दुरी पुरा गरेका थिए । जयन्ती मेमोरियल ट्रष्टको विशेष सहयोगमा र अन्य संघ सस्थाले कार्यक्रममा सहयोग गरेका थिए । फ्रान्समा ११३ वर्षअघि टुर दि फ्रान्स साइकल ¥याली हुँदै आएको छ ।
कार्यक्रमले विश्वव्यापीरुपमा पारेको सकारात्मक प्रभावबाट प्रेरित भई गत वर्षदेखि साइकल सिटी पोखराले पोखरामा टुर दि पोखराको थालनी गरेको हो । यसवर्ष ‘साइकल चढौं —स्वास्थ्य ,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल ¥याली दोस्रो शृंखला सम्पन्न भएको हो ।
कार्यक्रमको सुरु गर्दै विश्व साइकाल यात्री पुस्कर शाहले स्वास्थ र वातावरणलाई स्वच्छ राख्न भए पनि दैनिक केहि घण्टा साइकल चढ्न सुझाब दिए । कार्यक्रममा ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्मले सहभागीता जनाएका थिए । साइक यात्रामा सहभागी हुन पोखरा बाहिरका अन्य सहर देखि पनि सहभागी हुन आएको कार्यक्रम संयोजक निरज थापाले जानकारी दिए ।







