लामाचौरमा तीज महोत्सव आज देखि

पोखरा, १७ भदौ/नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आज (शुक्रबार) देखि लामाचौरमा हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । आयोजकका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाली कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले संस्थाको २० औं वार्षिकोत्सव ३ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता लगायत विविध कार्यक्रम हुँदैछन् ।महोत्सवको राखेप सदस्य सचिव केशवकुमार विष्टले गर्नेछन् । मुलसमारोहके तीजको दिन भदौ १९ मा नेपाल परिवार नियोजन संघका अध्यक्ष अमुसिंह सिजापतिले गर्ने संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीले जानकारी दिए ।

महोत्सवमा २५ वटा व्यापारिक प्रयोजन तथा ६ वटा खानाका गरी ३१ वटा स्टल रहने उनले बताए । मुख्य आकर्षण राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड, नेपाल प्रहरी, नेपाल आर्मी, पश्चिमाञ्चल टप्स मावि, सशस्त्र प्रहरी बल, मध्यपश्चिमांचल भलिब संघ गरी ६ टिमले भाग लिनेछन् । न्यू डायमण्ड, नेपाल प्रहरी र नेपाल आर्मी समूह क मा छन् । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइने खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए ।

महोत्सवमा अन्तरमावि छात्रा भलिबल, अन्तर आमा समूह लोक नृत्य, अन्तरमावि लोकनृत्य, अन्तरविद्यालय लोकनृत्य, श्रष्टा सम्मान, जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते, नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

कैलास विकास बैकको मुख्य प्रायोजनमा हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । हरेक दिन कलाकारको प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...