शिक्षा नीति र ऐन सम्शोधन हुन्छ –मन्त्री पौडेल

सागर राज तिमिल्सिना
पोखरा, १४ भदौ/शिक्षामन्त्री धनिराम पौडेलले विद्यालय व्यवस्थापन समितिको गठनको प्रक्रिया बारे छिटै निर्णय हुने बताएका छन् । पश्चिमाञ्च क्षेत्रिय शिक्षा निर्देशनालयको आयोजनमा भएको समिक्षा गोष्ठीमा सम्बोधन गदै पौडेले व्यवस्थापन समितिको गठन गर्न नीति र प्रक्रिया छिटौ आउने बताए ।

शिक्षामन्त्री धनिराम पौडेल
शिक्षामन्त्री धनिराम पौडेल

गोष्ठीमा १६ जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै उनले विद्यालय व्यवस्थापन समिति गठन गर्दा धेरै राजनीति भए पछि सरकारले पुरानो व्यवस्था खारेज गरेको बताए । सरकारले शिक्षालाई व्यवसायीक बनाउन नयाँ नीतिमा समेट्न लागेको बताउदै उनले त्यसका लागि जिल्ला शिक्षा अधिकारीहरुले पनि सहयोग गर्नु पर्ने बताए ।

उनले शिक्षालाई सुधार गर्न थोरै विद्यार्थी भएका जिल्लामा एकै ठाँउमा राखि आवासीय रुपमा विद्यालय संचालन गर्ने सोच सरकारको रहेको बताए । उनले गाउँबाट शहर, शहरबाट काठमाडौ र काठमाडौबाट विदेश तिर विद्यार्थीहरु लाग्ने गरेको बताउदै त्यसलाई रोक्नका लागि गाउँमा नै गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए ।

उनले २०२८ सालमा बनेको शिक्षा नीति र ऐन सम्शोधन गर्न आवश्यक रहेको बताए । दुई दिन सम्म सञ्चालन भएको गोष्ठीमा जिल्ला शिक्षा अधिकारीहरुले आफ्नो जिल्लाका समस्या र चालु वर्षको योजना प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...