सागर राज तिमिल्सिना
पोखरा, ३२ साउन/पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटनामा २ जना गम्भीर सहित ३ जना घाइते भएका छन् । लेकसाइडको डिहीकोपाटनमा भएको दुर्घटनामा परि दुई जना घाइते भएका हुन् ।

ग४प ६००१ नम्बरको मोटरसाइकल र ग१०प ७०७ नम्बरको मोटरसाइकल ठक्कर खादा दुर्घटना भएको हो । स्थानीयका अनुसार घटनास्थलमा दुइ जना चालक मोटरसाइकलले थिचेको अवस्थामा उद्धार गरिएको थियो । दुईवटा मोटर साइकल ठक्कर खादा ठुलो आवाज आएको थियो ।
गम्भीर घाइते पोखरा मणिपाल अस्पतालमा उपचार भइरहको छ भने एक जनाको मेट्रो सिटि अस्पतालमा उपचार भई रहेको छ । गम्भिर दुई जना मेट्रो सिटिमा हुन नसके पछि मणिपाल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।