पोखरा, २८ साउन/लेखनाथको बुढिबजारमा शुक्रबार विहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
तालचोकबाट आउदै गरेको ग १० प ८८५८ नम्बरको स्कुटरलाई ग १ क २४०२ नम्बरको ट्रिपरले ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको हो ।
स्कुटर चालक लेखनाथ १३ का ३५ बर्षीय विजय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । चालक र ट्रिपरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।