११ जेठ, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार आफ्नो उद्देश्यबाट चिप्लन थालेको बताउनुभएको छ । निर्वाचनको सुनिश्चितताका लागि सरकार र राजनीतिक दलहरुबीच उच्च समन्वयन हुनुपर्ने भन्दै खनालले त्यसको अभावका सरकारले उद्देश्य अनुसारका काम गर्न नसकेको टिप्पणी गर्नुभयो । निर्वाचनको मिति घोषणाका लागि दवाव दिने अभियान अन्तर्गत रिपोर्टस क्लबले खनाल निवासमै गरेको साक्षात्कारमा खनालले भन्नुयभो -’सरकारको खुट्टा उद्देश्यबाट चिप्लिदै छ । त्यसलाई ठिक ठाँउमा ल्याउन आईतवार हामि मन्त्री परिषद अध्यक्षसँग छलफल गर्दैछौ । त्यसपछि दुरी हटेर सरकार र दलहरुवीच उन्नता समझदारी बन्छ ।’
सरकारले भने जति काम गर्न नसकेपनि अहिले नै काम गरेन भनेर आलोचना गर्ने समय भने नरहेको बताउनुभयो । चार दलले पूर्वाधार निर्माण भएको बताए पछि सरकारले निर्वाचनका मिति तोक्ने भन्दै उहाँले आईतवारको छलफलपछि सोही दिन वा एक दुई दिनभित्र सरकारले निर्वाचनको मिति तोक्ने विश्वास उनले ब्यक्त गर्नुभयो ।
चार दल प्रतिबद्ध भएर अघि बढेमात्रै निर्वाचन हुन सक्ने भन्दै चारदल वीच एकता र समझदारी भए निर्वाचनको बातावरण बन्ने उहाँको भनाई छ ।
– See more at: http://www.onlinekhabar.com/2013/05/74623/#sthash.4k3FrB7R.dpuf