श्रीमान् विदेशमा, श्रीमती पैसा लिएर अर्कै सगँ टाप

काठमाडौ, २८ चैत/श्रीमान् रोजगारका लागि विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भागने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका ८ की ३५ वर्षीया सुजाता राईलाई प्रहरीले पक्राउ गरेको नागरिक दैनिकमा समाचार छ । उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।

महिला सहकारी संस्था , डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर उनी चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी थिइन । उनलाई उदयवुरको कटारी बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजाताविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सुजाताले श्रीमानले विदेशबाट पठाएको रकम समेत लिएर भागेको जनाइएको छ ।

कमेन्टहरु
Loading...