काठमाडौ, ६ चैत /बेलायती राजकुमार हृयारी शनिबार काठमाडौं आइपुगेका छन्। कतार एयरवेजको उडानबाट उनी नेपाल आएका हुन् । उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी रहेका छन्।
ह्यारीले शनिबार ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् भने आइतबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ ।
ह्यारीले परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बेलायतबीचको कुटनितिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा शनिबार अपराह्न याक एन्ड यती होटलमा आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुँदैछन्।
