पोखरा, ३ चैत /पर्यटकीय शहर पोखरामा सोमवार देखि दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विदेश मन्त्रीयस्तरीय बैठक भइरहेको छ। काठमाडौ बाहिर पहिलो पटक सार्कको बैठक पोखरामा भएकोमा पोखरेलीहरुले यो बैठकलाई पर्वको रुपमा लिएका छन्।
पोखरा यती बेला पाउनाको स्वागतमा श्रृङ्गारिएको छ भने लामो समय पछि पाउनाको स्वागतमा अन्नपूर्ण हिमाल पनि छ्याङ्ग खुलेको छ। पर्यटकको माध्यमवाट अन्तर्राष्ट्रिय स्तरमा पोखराले अन्नपूर्ण हिमश्रृखला, तालैतालको प्रकृतिले श्रृङ्गारिएको शहरको रुपमा परिचय पाउदै गए पनि अन्तर्राष्ट्रिय स्तरको यस्तो बैठक पोखरामा पहिलो पटक भएको हो।

पोखरामा बिभिन्न देशका राष्ट्र अध्यक्षको भ्रमण भएको इतिहास छ तर यस खालको अन्तर्राष्ट्रिय महत्व राख्ने बैठक भने पहिलो पटक भएको पोखराका अग्रज कवि साहित्यकार तीर्थ श्रेष्ठले बताए। यस्तो खालको अन्तर्राष्ट्रिय महत्व राख्ने बैठक पोखरामा हुनुले पोखराले सार्क रिजनमा पहिचान पाउने काम भएको श्रेष्ठको बुझाइ छ ।
अन्तर्राष्ट्रिय मिडीयाले समेत यस्ता अन्तर्राष्ट्रिय महत्वको बैठकको समाचार सम्प्रेषण गर्दा पोखरा अन्तर्राष्ट्रिय रुपमा सुन्दर सहरको रुपमा परिचय पाउने उनले बताए। यस्ले गर्दा पोखरामा अन्य अन्तर्राष्ट्रिय स्तरको बैठक हुन सक्छ भन्ने सन्देश जाने छ। यसैले स्थानीय वासिन्दा र स्थानीय प्रशासनले बैठक सफल बनाउन लागि परेका छन्। साधान र स्रोतका दृष्टिले कमी रहेको पोखरामा सरकारी स्तरवाट सार्क बैठककालागि छुट्टै बजेट छुट्याएर पहिले देखिनै तयारी गर्नु पर्ने भए पनि त्यो हुन नसकेको होकी भन्ने लागेको श्रेष्ठले बताए।

निजी ब्यवसायीको प्रयासवाट पोखरामा अन्तर्राष्ट्रिय स्तरका बिशेषज्ञ डाक्टर, इञ्जिनीएर लगाएतको बैठक भए पनि पोखरामा भइरहेको सर्क विदेशमन्त्रीय स्तरीय बैठक नै अहिले सम्मको अन्तर्राष्ट्रिय महत्व राख्ने बैठक भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए। पोखरा अन्तर्राष्ट्रि सभा सम्मेलन गर्नकालागि उत्कृष्ट शहर हो । त्यसैले हामीले पोखरा सिधा अन्तर्राष्ट्रिय सहर संग सम्पर्क गराउन पोखारमा अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य छिटो गर्न माग गर्दै आएका हौ।

अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र पोखरामा बनाउन हामीले सरकार र स्थानीय निकाय संग माग गर्दै आएको पनि मुल्मीले बताए। अन्तर्राष्ट्रि स्तरका सेमीनार, बैठककालागि पोखरामा सबै खालका पूर्वाधार भए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पोखरामा नभएकोले अव सम्मेलन केन्द्र बनाउन ढिला गर्न नहुने उनले बताए। यस्ता अन्तर्राष्ट्रि स्तरका बैठक सेमीनारले पोखराको पर्यटन विकासमा महत्वपूर्ण हुने उनको बुझाइ छ।

पोखरेलीको पर्व र गौरव संग गासिएको यो अन्तर्राष्ट्रिय स्तरको बैठकमा पर्यटकको स्वागत, यहाँको बसाई अविश्मरणीय बनाउन, सुरक्षा लगाएत सबै क्षेत्रवाट बैठक सफल बनाउन स्थानीय प्रशासन लागेको क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले बताए। पोखरा अहिले दक्षिण एशियाली सहयोग संगठन ९सार्क० को विदेश मन्त्रीयस्तरीय बैठकका क्रममा झकीझकाउ बनाइएको छ। २०७२ सालभरि नै राम्रोसँग हिमाल नखुले पनि यो बर्षमै बुधबार भने सबैभन्दा सुन्दर रुपमा अन्नपूर्ण, धौलागिरी हिमालले सार्कमा आएका पाहुनाहरुलाई मुस्कुराएर स्वागत गरेको छ।