मुलुकमा सकारात्मक परिवर्तन भए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको उनले बताए । ‘पूर्व दरबारिया, लोकतान्त्रिक मूल्य मान्यतामा नआएका तत्त्वले चुनाव हुन नदिने षड्यन्त्र गर्न सक्छन्, ढुक्क हुनु हुँदैन,’ उनले भने । क्रान्ति र जनताको नाममा चुनाव हुन नदिने खतरा रहेको उनले औँल्याए । उनले भने, ‘देशबाट राजतन्त्र गएपनि माओवादी गएको छैन ।’
उग्रपन्थीहरुका कारण संविधान सभा विघटन भएको उनले दाबी गरे । एमाले नेता ओलीले भने, ‘संविधान बनाउन उपर्युक्त बनोटको संविधान सभा आवश्यक छ ।’
उनले कार्यकर्ताहरुलाई चुनावी अभियान लाग्न निर्देशन समेत दिए । ‘चुनावको लागि दृढताको साथ अघि बढ्नु होस्,’ उनले भने । अधिवेशनको बन्द सत्र शनिवार हुने अध्यक्ष रामशरण बस्नेतले जानकारी दिए । cp.