माग पुरा गर्ने भएपछि मणिपाल खुल्यो

पोखरा, २१ चैत्र/मणिपाल शिक्षण अस्पतालमा ईन्टर्न चिकित्सकहरुको आन्दोलनको कारण हिजोदेखि बन्द रहेको मणिपाल शिक्षण अस्पतालको ओपीडि सेवा सञ्चालनमा आएको छ । मंगलबार साँझ जिल्ला प्रशासन, अस्पताल प्रशासन र आन्दोलनरत चिकित्सकहरुको बिचमा भएको वार्तामा सहमति जुटेपछि बन्द सेवा खुलेको हो । ईन्टर्न चिकित्सकहरुले राखेका सबै माग १ महिनाभित्र पुरा गर्न अस्पताल प्रशासनले सहमति जनाएको छ खुलेको हो ।

सात बर्षदेखि ईन्टर्न चिकित्सकहरुको भक्ता तथा सेवा सुविधामा कुनै परिमार्जन नगरीएकोले सेवा सुविधाको माग गर्दै ईन्टर्न चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । माग सम्बोधनका लागि अस्पताल प्रशासन, आन्दोलनरत ईन्र्टन चिकित्सक र तेस्रो पक्ष सम्मिलित समिति गठन गर्ने र सोहि समितिको सिफारिस भत्तामा परिमाजर्न गर्ने सहमति भएको ईन्टर्न चिकित्सकहरुले जानकारी दिएका छन् । यस्तै नाईट ड्युटि गर्ने चिकित्सकहरुलाई पुन विहान ड्युटि गर्नुनपर्ने गरी सेडुअल मिलाउन पनि अस्पताल प्रशासन सहमति जनाएको छ ।

अस्पताल प्रशासन आफ्ना माग पुरा गर्न सहमत भएपछि २ हप्तादेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरुले आफ्ना सम्पुर्ण विरोधका कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार ओपीडि सेवा बन्द हुँदा करीब ७ सयको हाराहारीमा उपचारका लागि आएका विरामीहरु मर्कामा परेका थिए ।

 

कमेन्टहरु
Loading...