एमाले कास्की क्षेत्र न १ को सुरक्षा कमान्डरमा बिष्णु पुन

‎फाल्गुण २१ हुने संघीय निर्वाचनको लागि नेकपा एमाले कास्की क्षेत्र न.१मा बुथ सुरक्षा र अन्य सुरक्षा  सम्बन्धित कुराहरुलाइ ख्याल गर्दै एमालेका युवा नेता बिष्णु पुनको सयोजकत्वको सुरक्षा कमाण्ड निर्माण भएको छ ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिति सदस्य समेत रहेका  युवा नेता बिष्णु पुनले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फाल्गुण २१  मा नेकपा ( एमाले) क्षेत्र न १  कास्कीमा मतदाता तथा मतदान स्थल को सुरक्षा जिम्मेवारी सम्हाल्ने  छन ।आसन्न निर्वाचनलाई कास्की  १ मा निष्पक्ष ,धाधलि रहित बनाउन र एमाले मतदातालाई निर्ढक्क साथ मतदान गर्नको लागि उक्त कमाण्डले काम गर्ने छ । उक्त सुरक्षा कमाण्डको पहिलो बैठक बाट कास्की  १ लाई ६ कमाण्डमा बिभाजन गरिएको छ। उक्त कमान्डले परिस्थितिको समेत आकलन गरि आफ्नो कार्यलाइ अगाडि बढाउने कुरा पुनले जानाकारी गराएका छन ।  कमाण्ड १ मा तारामाया थापा र बिक्रम रायमाझि , कमण्ड २ मा बिकास अधिकारी , इश्वर अधिकारी र प्रमिला बराल , कमाण्ड मा ३ रोशन छन्त्याल , भिम कुमारी पुन , सुर्य लामा र ब्रजेश गुरुङ्ग , कमाण्ड ४ मा भुवन घिमिरे , नरेन्द्रनाथ ढुङ्गाना र बिकास सुनार ,  कमाण्ड ५ मा नबराज बराल र शिब राज सुबेदि , कमाण्ड ६  को जिम्मेवारी सत्यराज साप्कोटा र राजु अधिकरीले सम्हाल्ने  छन ।  उक्त ६ कमाण्डले  कास्की  १ को ६१ मतदान स्थल तथा उक्त मतदान स्थलमा मतदान गर्ने मतदाताको पार्टीको  तर्फ बाट सुरक्षा को काम गर्ने छ। साथै ६ कमाण्ड मातहत  रहने गरी ६१ सह-कमान्ड र ९१० जना सुरक्षा फोर्स परिचालन गरीने कुरा बिष्णु पुनले बताए । फाल्गुण २ गतेको निर्बाचन उप समिति कास्की क्षेत्र न १ को विशेष भेलाले यस्तो निर्णय गरेको हो।

‎९१० जनाको  सुरक्षा फोर्सको भेला फाल्गुन ९ गते शनिबार नमस्ते पार्टी प्यालेसमा हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...