नेपालको अस्तित्व रक्षा गर्न एमालेले जित्न आबश्यक छ : बैन बहादुर अधिकारी

नेकपा एमाले कास्की क्षेत्र न. १ का उमेदवार बैन बहादुर अधिकरीले देशको अस्तित्व रक्षा गर्न एमालेले जित्न आबश्यक रहेको बताएका छन् । नेकपा एमाले पोखरा महानगर पालीका कमिटी वडा नम्बर ३० को भेलालाइ सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् ।
उनले देशलाइ माया गर्ने र देश बनाउने सबै शक्ति एक ठाउमा उभिन र एमालेका उमेदवार लाइ जिताउन आग्रह गरे । केपी ओलीको सरकारका अधुरा कामहरुलाई पुरा गर्न देशैभरिबाट एमाले उमेदवारले जित्नुपर्ने उनले बताए ।

नेपालको अस्तित्व रक्षा गर्न एमालेले जित्न आबश्यक छ ः बैन बहादुर अधिकारी
नेपालको अस्तित्व रक्षा गर्न एमालेले जित्न आबश्यक छ ः बैन बहादुर अधिकारी

नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका एमाले नेता अधिकारीले नेपाललाइ बिदेशीको खेलमैदान बन्न दिन नहुनेमा सबै नेपाली सचेत हुनुपर्नेमा जोड दिए ।
नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य रमा नेपालीले नेकपा एमालेका तर्फबाट कास्की क्षेत्र न १ का उमेदवार बैन बहादुर अधिकरीलाइ जिताउन सबै कम्मर कसेर अगाडी बढ्ने बताइन् ।
नेकपा एमाले पोखरा महानगर कमिटीका पुर्व अध्यक्ष तथा युवा नेता दिलीप न्यौपानेले जेन्जी आन्दोलनका नाममा आन्दोलनलाइ हाइज्याक गरि बिदेशीको इसारामा देशलाइ तहसनहस बनाएको बताए । अहिलेको लडाइ भनेको देश बनाउने र जलाउने बिचको भएको बताउदै नेता न्यौपानेले जनताले देश बनाउने लाइ जिताउने बिश्वास ब्यक्त गरे ।
नेकपा एमाले पोखरा महानगर पालीका कमिटी वडा नम्बर ३० का अध्यक्ष भुमन्डल ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कमिटी सदस्य इन्दीरा तिवारी लगाएतले बालेका थिए भने कार्यक्रमको संचालन कमिटीका सचिव सुन्दर शर्माले गरेका थिए ।

कमेन्टहरु
Loading...