काठमाडौ । युवा व्यबसायी तथा अभिनेत्री सपना लामिछानेले अन्तरिम सरकारको गृहमन्त्रीमा दाबी पेश गरेकी छन् ।
लामो समयदेखी चलचित्र तथा म्युजिक भिडियोमा सक्रिय लामिछाने अन्तरिम सरकारको गृहमन्त्रीका लागि आफ्ना ५ एजेन्डा सहित दाबी पेश गरेकी हुन् ।
उनले शान्ति र एकता , सुरक्षा प्रणालीम नयाँ युगको सुरुवात , पारदर्शिता , अपराध नियन्त्रण तथा शान्ति सुरक्षा र सम्पत्ती छानबिन गर्न शक्तिशाली आयोग निर्माण गर्ने एजेन्डा प्रस्तुत गरेकी छन् ।
देश परिवर्तन युवाहरुको सक्रियता बिना सम्भव नरहेको भन्दै आफुले दाबी पेश गरेको उनले बताइन् ।
`मैले दाबी पेश गरेकी छु , उहाँहरुले एसेप्ट गरिसक्नुभयो´, उनले भनिन् ।
२०४७ साल देखि यताका सबैलाई सम्पत्ती छानवीन गरिने उनको भनाई छ ।
हेर्नुस् : उनले पेश गरेको एजेन्डा