साइबेरियन चरा डुल्ने गुदेताल क्षेत्रमा असारे महोत्सव हुँदै

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने २० औ सस्करणको असारे रोपाइँ महोत्सव १५ गते पोखरा महानगरपालिका वडा नं २६ स्थित लेखनाथको गुँदेताल क्षेत्रमा हुने भएको छ ।
परिषदले आज असारे रोपाइ महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि गुदेतालमा रोपाइ महोत्सव गर्ने जानकारी दिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ वर्षेनी रोपाइँ महोत्सव गरिदै आइरहेको बताए ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।
महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूह पोखरा-२६ ले गरेको छ भने महोत्सवको प्रवर्द्धकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् ।

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताए ।

लेखनाथ क्षेत्रमा गुँदेलगायत सात ताल रहेको र यस्तो महोत्सवले यी तालको प्रचारप्रसारसँगै समग्र लेखनाथको पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुग्ने पोखरा २६ का वडासदस्य सुदीपराज ढुङ्गानाको विश्वास छ । पछिल्लो समय ट्याक्टर बाट रोपाइ हुँदै आएको यस क्षेत्रमा महोत्सवको दिन ७ हल गोरुले रोपाइ गर्ने र नया पुस्तालाइ पौराणिक कृषि प्रणालीको बारेमा जानकारी हुने तथा परम्परा जोगाइ राख्न यस्ता खालका महोत्सवले उल्लेख भुमिका खेल्ने स्थानीय समाजसेबि बामदेब ढुंगानाले बताए ।


पोखराका गुदे खास्टे निउरेनी तालहरु सिमसार क्षेत्रमा सुचिकृत छन भने यी तालहरुमा हरेक बर्स साइबेरिया देखि चराहरु डुल्न आउने गर्छम ।जसले गर्दा यी तालहरु चरा अबलोकनको लागि उत्कृष्ट गन्तब्य मानिन्छ ।

कमेन्टहरु
Loading...