रुपा गाउपालिकाले कृषि उत्पादनको सम्भावना खोज्दै

कमल सुवेदी । रुपा गाउपालिकाले आफ्नो पालिकामा उत्पादन हुने कृषि उत्पादनको सम्भावनाको खोजिमा लागेको छ । पालिकाले आफ्नो पालिका भित्र कुन ठाउमा के उत्पादन गर्न सकिन्छ बिज्ञ ल्याएर सम्भावनाको खोजी र कृषकलाई उत्पादनना जोड्न यो कार्यक्रम ल्याइएको रुपा गाउपालिकाका अध्यक्ष नबराज ओझाले बताए ।पछिल्लो समय बेरोजगारको समस्या बढ्दै गएको, उत्पादन सग जोडेर जिबिकोपार्जन गर्न र बसाइ सराइ रोक्न यो कार्यक्रम उपयुक्त हुने उनको भनाइ छ । पहिलो चरणमा लसुन, प्याज, एभोकाडो,सुन्ताला कागती लगायतका बारेमा बिज्ञ बोलाएर सहजीकरण गर्ने र कृषकको चाहना अनुसार कृषकलाई उत्पादनमा जोड्ने र कृषिमा आत्ननिर्भर बनाउने पालिकाको लक्ष रहेको ओझाले सुनाए।रुपाका जनतालाई उत्पादनमा जोड्ने र स्वरोजगार वनाउने उदेस्यले कृषि र नया वालिको लागि कृषि वैज्ञानिक तथा विज्ञ हरु द्वारा संभाव्यता अध्ययन सुरु गरिएको उनले जानकारी दिए ।
रुपाका जनतालाइ कृषिमा व्यवसायीक रुपमा नया वा पुरानो (रैथाने वाली) ,तरकारी,फलफुल,अन्य प्रजाती व्यवसायिक खेती गर्ने लाई पालिकामा समन्वय गर्न समेत ओझाले आग्रह गरेका छन ।

कमेन्टहरु
Loading...