कास्की एमालेको वृहत जागरणसभा, १० हजार नागरिक उतार्ने

जागरणसभामा कास्की क्षेत्रभित्रका नेता,कार्यकर्तासहित करिब १० हजार नागरिक उतार्ने

 

नेकपा एमाले कास्कीले पोखरामा वृहत जागरण सभाको आयोजना गर्ने भएको छ । चैत्र ३० गते पोखरामागणतान्त्रिक व्यवस्थाको पक्षमा जागरणसभाको आयोजना गर्न लागेको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।लामाका अनुसार सो जागरणसभामा कास्की क्षेत्रभित्रका नेता,कार्यकर्तासहित करिब १० हजार नागरिक उतार्ने तयारी छ । पछिल्लो समय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्धआम नागरिकमा भ्रम फैलाउने काम भएकोले उक्त भ्रम चिर्न, र नागरिकलाई सचेत बनाउन जागरण अभियान चलाएको बताए ।

एमाले कास्कीले यसअघि गत १८ गते पोखरामा जागरण अभियान अन्तर्गत वृहत मोटरसाइकल र्यालीको आयोजना गरेको थियो।

कमेन्टहरु
Loading...