पोखरा । शुभ अवसर ग्राम नेपालले अक्टोबर ११ गते अन्तर्राष्ट्रिय बालिका दिवस मनाएको छ ।
शुभ अवसर ग्राम नेपालको पोखरा स्थित मानव बेचबिखन विरुद्धको परियोजना अन्तर्गत इन्भेस्ट इन गर्ल राइटः आवर लिडरसिप एण्ड वेलविइङ (Invest In Girls’ Right: Our Leadership and Wellbeing) भन्ने नाराका साथ अन्तर्राष्ट्रिय बालिका दिवस पोखरामा मनाएको हो ।
दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बालिकाहरुले भोग्दै आएका चुनौती र समस्याहरूका साथै बालिकाहरूको हक अधिकारको विषयमा सचेतना मुलक छलफल सम्पन्न गरिएको छ ।
हरेक बालिकाले पढ्न पाउने, बाँच्न पाउने, विकास हुन पाउने, स्वस्थ हुन पाउने, सहभागी हुन पाउने र पोषण युक्त खानेकुरा खाना पाउनु पर्ने कुरामा सहभागिले जोड दिए ।
साथै कार्यक्रममा चित्रकला र कविता प्रतियोगिता समेत राखिएको थियो ।
शुभ अवसर ग्राम नेपाल (Opportunity Village Nepal -OVN) २०५५ सालमा स्थापना भई मानव बेचबिखन तथा हिंसा प्रभावित र सो को उच्च जोखिममा रहेका बालिका किशोरी र महिलाहरुलाई लक्षित गरी रोकथाम, संरक्षण, पुर्नस्थापना एबम् पूर्नाएकीकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संस्था हो ।