मैदान आमा समूहको २७ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेको मैदान आमा समूहको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि १६ नम्बर वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले समाज परिवर्तन र विकासमा आमा समुहले खेलेको भुमिका महत्वपुर्ण रहेको वताए । कार्यक्रममा विशेष अतिथि वडाका जनप्रतिनिधिहरु रामचन्द्र आचार्य ,राजकुमारी बाँनिया, रामकाजी गुरुङ र मञ्जु नेपाली लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राधिका घर्ती क्षेत्रीले प्रस्तुत गरेकी थिइन् भने प्रगति विवरण संस्थाका सचिव शिब सोभा बस्नेतले प्रस्तुत गरिन् । साथै कार्यक्रममा नजिकिँदै गरेको नेपाली नारीहरूको महान चाड तीजको शुभकामना समेत आदानप्रदान गरिएको कार्यक्रममा मैदान आमा समूहकी अध्यक्ष मनु बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ज्योति बस्नेतले राखेकी थिइन् भने संचालन संस्थाका सचिव शिब सोभा बस्नेतले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...