जिसस कास्कीद्वारा वडा सदस्यहरूको लागि तालिम

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

पौडेलले बिकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन तालिम आयोजना गरिएको उल्लेख गर्दै सक्रियताका साथ सहभागी हुन आग्रह गरे ।

प्रमुख पौडेलले बिकासमा गुणस्तर र सेवा प्रबाहमा जनताका प्रतिनिधिहरूलाइ कुनै अप्ठ्यारो हुन नहुने र जन प्रतिनिधिहरू समय सापेक्ष परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने बिश्वास ब्यक्त गरे ।

सोमबार कास्कीका चारवटा गाउँपालिका र मंगलबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

कार्यक्रममा बिकासका योजना छनोट ,प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका ,बिद्यमान ऎन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए ।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका सो कार्यालयका नायब सुब्बा सरस्वती गौतमले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...