पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा अवस्थित श्री आर्वा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागि शेयर सदस्यहरुले सहकारी सम्बन्धि विविध बिषयमा सुझाव, सल्लाह तथा प्रतिक्रिया व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कर्मचारी सगुन अधिकारी र सुस्मिता बरालले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै संस्थाका सल्लाहकार शकुन्तला बरालले संस्थाले गरेका सफलताको तारिफ गर्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
संस्थाको सभाहलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष नवीन बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारीका सात सिद्धान्त सन्चालक सदस्य बिन्दु बरालले राखेकी थिइन् भने स्वागत मन्तव्य कोषाध्यक्ष श्रीनाथ वाग्लेले राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शोभित बरालले गरेका थिए।