युवाले सम्भावना नै देख्न छाडे देशमा

युवा समग्र जिवनको एउटा यस्तो उमेर अवस्था हो जुन अवस्था मानव जिवनकै सर्वाधिक उर्जाशिल समय हो। हरेक परिवर्तनका आन्दोलनमा युवा निर्णायक पनि भएका छन्। तर पनि यसको निति निर्माण देखी राज्य सञ्चालन सम्म युवाहरुको पहुच प्रतिनिधित्व र पहिचानको सवाल निकै कमजोर छ । हरेक फोरममा संमृद्धि र विकासका लागी सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको आवश्यकता भएको चर्चा हुने गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन ।

 

बर्तमान परिपक्षमा नेपालको शिक्षा देशका लागि योग्य नागरिक भन्दा पनि बिदेशका लागि श्रमिक उत्पादन गर्ने कारखाना जस्तो भएको छ ।

 

वर्तमान परिपक्षमा नेपालको शिक्षा देशका लागी योग्य नागरिक भन्दा पनि विदेशका लागी श्रमिक उत्पादन गर्ने कारखाना जस्तो भएको छ। नयाँ पुस्ताले नेपालमा सम्भावना नै देख्न छाडी सकेका छन् । युवा नै भविष्यका आशाका किरण र वर्तमानका खम्बा हुन् भनेपनि व्यवहारमा राज्य र राजनीति युवामैत्री छैन् । देशको ६० प्रतिशत भन्दा बढी जनशक्ती युवा अवस्थामा छन् । आज त्यही युवा कति प्रतिशत जनशक्ति देशमा रोजगारीमा छन त ? भएका युवा कस्तो दर्दनाक अवस्थामा बाचिरहेका छन् ? हाम्रो राजनीति र अर्थनीतिको अवस्था हेदा के युवा देश मा बस्न सक्ने अबस्था छ त ? युवाहरुको अपेक्षालाई सम्बोधन गर्न सक्छ त ?

गत आर्थिक वर्षमा यात्र १२ लाख युवाले देश छाडेका छन् । आधारभुत जिवन खोज्दै आम युवाहरु मातृभूमि छाडेर परदेशिएका छन्, सजिलोसँग एक छाक खाना र एक सरो लगाउन विदेशिएका युवाहरुले आज देशको अर्थतन्त्रको प्राण धानिएको छ। अहिले गाउँमा कसैको मृत्यु हुँदा काजक्रिया गर्ने सन्तान समेत नभएको अवस्था छ ।

मृत्यु पश्चात सन्तानको पर्खाइमा लाश शवगृहमा रहेको तितो सत्य हाम्रो सामु छन् । यसो हुनुको कारण युवाहरुले शैक्षिक प्रमाण पत्र र त्यसमा गरेको मेहनत लगाती अनि उनिहरुले अपेक्षा गरेको काम र रोजगारीको सुनिश्चितता नहुनु हो। देशमा नै उद्योग धन्दाको विकास गरि युवालाई उद्यमी बनाउने गरि ठोस कार्यक्रम वन्न नसक्नु बनेका कार्यक्रम प्रभावकारी नहुनु निकै पिडादायी कुरा हो ।

आज युवाहरुको आवाज भनेको सर्बसुलभ निशुल्क र जिवन उपयोगी शिक्षा रोजगारी स्वास्थ्य हो । तर हाम्रो राज्यले यी आवाजहरुलाई व्यवहारिक स्वीकार गरेर कार्य योजना बनाएर लागू गर्न चाहेको देखिदैन ।

 

वर्तमान परिपक्ष हेर्दा उदारिकरण र केही निजीकरणको हावा लागे पछि हाम्रो राज्य उत्पादन क्षेत्रबाट हात झिकेको जस्तो देखिन्छ।

वर्तमान परिपक्ष हेर्दा उदारिकरण र केही निजीकरणको हावा लागे पछि हाम्रो राज्यले उत्पादन क्षेत्रबाट हात झिकेको जस्तो देखिन्छ । अहिले वार्षिक बजेट भन्दा घाटा व्यापार बढि भएको छ। सरकार र राजनीति युवामैत्री हुन चाहदैन । एउटै कुनै व्यवसाय युवा गर्ने उत्साह र सिप बाेकेर बजारमा आयो भने त्यस नब युवालाई सजिलै ऋण प्रवाह गरि पत्याइ हाल्ने बैंक तथा वितिय संस्थाहरु छैनन् ।

सहुलियत कर्जा नै पाइदैन । कर्जा लिएर केही व्यवसाय गरि हालियो भने पनि आम्दानी गरेको पैसा ब्याजमा नै जाने अवस्था छ । साना ॠणिहरुलाइ ऋण दिनु भन्दा राष्ट्र बैंकलाई जरिवाना दिन उपयुक्त ठाले निजि बैंकहरुको वाहुल्यता रहेको छ। युवाहरुलाई हतोत्साहित हैन उत्साहित बनाएर देशभित्र नै व्यवसाय गर्ने वातावरण बनाउनु पर्छ।

 

आज नेतृत्व जिम्मा दिइने होइन, निरिह कार्यकर्ता उत्पादन गर्ने कारखाना त बनाउन खोजिएकी छैन ?

युवा भविष्य मात्र होइन, वर्तमानको हिस्सेदार पनि हो। राजनितिलाई सहि दिशामा लैजान र देशले आर्थिक विकास अर्थात समृद्धि पाउनका लागी तथा रचनात्मक काय गर्नका लागी युवाहरु लाई अगाडी बढाउनु पर्छ । विकास र समृद्धिका लागि प्रसस्त सम्भावना र स्रोत साधन हुँदाहुँदै पनि हरेक क्षेत्रमा नेतृत्वको कमी कमजोरीले पछि परिरहेका छौं । आज युवा राजनीतिक नेतृत्वसँग असन्तुष्ट र बितृष्णता बढ्दो छ । युवा पुस्ता समयानुकुल परिवर्तन चाहन्छन् तर त्यो हुन सकिरहेको छैन ।

 

परिवर्तित समय अनुसारको मुद्दालाई सशक्त रुपमा उठाउन नसक्ने र युवा पुस्तालाई सम्बोधन गर्न नसक्ने वा नचाहने नेताको कारणले झन बितृष्णा जगाएको छ।

परिवर्तित समय अनुसारको मुद्धालाई सशक्त रुपमा उठाउन नसक्ने र युवा पुस्तालाई सम्बोधन गर्न नसक्ने वा नचाहने नेताको कारणले झन वितृष्णा जगाएको छ। राजनितिक, सामाजिक र आर्थिक परिवर्तनका संबाहक भनिएका युवा राजनितिक नेतृत्व तहसँग असन्तुष्ट र वितृष्णाको भारीले थिचिएका छन् ।

युवा राजनिति हुँदै विदेश पलायन हुने क्रम पछिल्ला दशक देखी बढिरहेको छ। युवाले अझै पनि नेतृत्व चाहे जस्तो हस्तक्षेपकारी भूमिका निबाह गर्न सकिरहेका छैनन् । यसैले पनि राजनीतिमा युवा नेतृत्व खै भन्ने प्रश्न चर्चामा छ । बहुदलीय व्यवस्थादेखी संघिय लोकतान्त्रि गणतन्त्रको ३० वर्षको राजनीतिक यात्रामा सिमित पात्रहरु मात्र छन् ।

गणतन्त्रको घोषणा पश्चात सिमित शिर्ष नेता प्रधामन्त्री बनेका छन्, युवा आफै पनि नेतृत्वको गुटमा सिमित घेराबाट आमवृत्तमा आउन सकेका छन् । संमृद्धि र सुशासनको लक्ष्यमा नेपाललाई बिकासोमुख राष्ट्रमा पुराउन शिक्षालाई गुणस्तरीय, व्यवहारिक र रोजगारीमूलक बनाउन पर्छ । अब हरेक क्षेत्रमा यस्ता नेतृत्वको आवस्यकता पर्छ र बहस थाल्नुपर्छ ।

 

लेखकः साजन सुवेदी, पोखरा २४

कमेन्टहरु
Loading...